राजा भनेको राजानै हो, कतारका राजालाई हेर्नुस आफ्ना फुटबल खेलाडीलाई यसरी अंगाले

चारैतिरबाट नाकाबन्दीले घेरिएको मुलकु कतार अहिले खुसि मनाइ रहेको छ। कतारले पहिलो पटक एसियन कपको उपाधी जितेपछि देशैभरनै उमंग छाएको छ। के विदेशी के कतारी सबै कतारवासी नागरिकहरु कतारले फुटबल जितेकोमा देशैभर खुसि मनाइ रहेका छन्।शुक्रबार अबुधबिस्थित जायेद स्पोर्ट्स सिटी रंगशालामा भएको फाइनल खेलमा कतारले जापानलाई ३-१ गोल अन्तरले हराएपछि एसियन कपको उपाधी हातपार्न सफल भएको थियो।

विजेता कतारी खेलाडी हरुलाइ स्वागत गर्न दोहाको कर्निसमा हजारौंको संख्यामा कतार फुटबल समर्थकहरु पुगेका थिए। कतार एअरवेजको जहाजबाट दोहा ओर्लिएका खेलाडीहरुलाई स्वागत गर्न हजारौंको संख्यामा अपर्वासीहरुको समेत उपस्थित रहेको थियो। कतार अमीर शेख तमिम विन हमाद अल थानीले प्रत्यक खेलाडीलाई अंगालो हालेर स्वागत गरेका थिए । मीर शेख हमादले कतारको ऐतिहासिक उपलब्धिको अवसरमा खेलाडी, प्रसिक्षक तथा प्रशासनिक कर्मचारीहरुलाई बधाई समेत दिएका थिए।

कतारी राजाले देखाए प्रशंसनिय व्यवहार
सामान्यतय कुनैपनि देशको राजालाइ भेट्न पाउनु असम्भव जस्तै हुन्छ। राजाजारु देशको अन्तरिक मामिलामा अथवा भनौ वैदेशिक कुटिनितिक मामिलामा मात्रै ध्यान दिएका हुन्छन । तर कतारका राजा शेख तमिम विन हमाद अल थानीले आम नागरिक सरह एसियन कप विजेता कतारी खेलाडी हरुलाई अंगालो हालेर स्वागत गरिरहेका थिए। कतारका फुटबल टिममा अधिकांश खेलाडीहरु विदेशीहरु भएतापनि कतार अमिरले आफै देशका नागरिक सरह अंगालि रहेका थिए।

हाम्रो जस्तो लोकतान्त्रिक मुलुकमा समेत फुटबल खेलाडीलाइ राष्ट्र प्रमुखले स्वागत गर्न गएको सुनिएको छैन तर कतारमा राजतन्त्र प्रणाली छ र पनि कतारका राजा आफै आम नागरिक सरह खेलाडीहरुलाई स्वागत गर्न पुगेका थिए।

कतार एअरवेजले गर्यो आफ्ना ग्राहकलाइ विजयको उत्सवको अस्वसर्मा विशेष अफरको व्यवस्था

कतार एअरवेजले आफ्नो देशका खेलाडीले एसियन कपको उपाधी जितेकोमा खुसियाली मनाउदै आफ्नो नियमित उडानको शुल्कमा २५ प्रतिशत सम्म छुट दिने जनाएको छ। आज ३ फेब्रुअरी देखि १४ फेब्रुअरी सम्म यो अफर लागु हुने कतार एअरवेजले जनाएको समाचार दि पेनेन्सुला कतारले उल्लेख गरेको छ। यद्यपि यो अफरमा खरिद गरिएका टिकटको मान्य अवधि ३१ अगस्त पछि हुने छैन।

नाकाबन्दी गर्ने देशका मिडियाले गरे यस्तो व्यवहार

कतारले फाइनलमा जापान विरुद्ध एसियन कप फुटबलको उपाधि जित्दै गर्दा कतारलाई नाकाबन्दी लगाउने देशका मिडियाहरुले कतारको विजयलाई स्वीकार समेत गरेनन बरु उल्टै जापानले हार्नु दुर्भाग्य भन्दै समाचार भानायेका थिए। युएइ अवस्थित खलिज टाइम्सले कतारको नामै नलीइ जापनले हार्नुको कारण मात्रै लेखेको थियो। साउदीका अधिकांश मिडियाले समेत कतारको जित भन्दा जापनको पराजयको बढी चर्चा गरेका थिए। पछिल्लो समय कतारलाई नाकाबन्दी लगाएका देशहरुहरुको असर खेल क्षेत्रम समेत देखिन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *