सन्दिप लामिछाने अस्ट्रेलियामा, मेलबर्न स्टार्सले गर्यो स्वागत

काठमाडौं। नेपाललाई टि–२० र वन डे सिरिज दुवैमा ऐतिहासिक जित दिलाएसँगै नेपाली खेलाडी सन्दिप लामिछाने अस्ट्रेलिया पुगेका छन् । अस्ट्रेलियातर्फ लागेका सन्दिपलाई उनको टिम मेलबर्न स्टार्सले स्वागत गरेको छ । मेलबर्न स्टार्सले अझै राउण्ड रोबिन चरणका दुई खेल खेल्न बाँकी नै छ । यी दुई खेलमा सन्दिप खेल्नेछन् ।

हिजो नेपालले ऐतिहासिक टि–२० सिरिज जितिरहँदा उता सन्दिप आबद्ध टिम मेलबर्न स्टार्सको लागि भने त्यो समय सुखद् रहेन । यता नेपालले जीत हात पारेकै समयमा उता मेलबर्न स्टार्स पर्थ सोर्चर्ससँग पराजित भयो । यद्यपि मेलबर्न स्टार्स अझै पनि अंक तालिकाको चौथो स्थानमा छ र उसले अझै दुई खेल खेल्न बाँकी नै छ । यी दुई खेलमध्ये कुनै एकमा जित निकाल्दा पनि मेलबर्न सेमिफाइनल पुग्न सक्छ ।

सन्दिपले ट्वीटरमार्फत आफू अस्ट्रेलियातर्फ लागेको जानकारी दिएका थिए । सन्दिपको सोही ट्वीटको जवाफ दिँदै मेलबर्न स्टार्सले सन्दिपलाई स्वागत गरेको हो । मेलबर्नले सन्दिपलाई चाँडै भेट्ने भनेको छ । अब मेलबर्नले फेब्रुअरी ८ मा ब्रिस्बेन हिट र फेब्रुअरी १० मा सिड्नी सिक्सर्सविरुद्ध खेल्नेछ । त्यसपछि प्लेअफ समीकरण बनेछ र त्यसपछिका खेल निर्धारण हुनेछन् ।

-Nepaliinabroad

Leave a Reply

Your email address will not be published. Required fields are marked *