आज बहराईन दिनारसहित केही देशको मूल्य बढ्यो, अन्य देशको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ २० पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ८० पैसा रहेको छ। हिजो मंगलबार डलरको भाउ ११४ रुपैयाँ ५९ पैसा रहेको थियो।

त्यस्तै दक्षिण कोरियन वनको १०० को खरिददर १० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ५ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४८ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर १४९ रुपैयाँ ३१ पैसा छ। हिजो सोमबार युके पाउडको मूल्य १४९ रुपैयाँ रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६१ पैसा छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७६ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३७८ रुपैयाँ ३३ पैसा रहेको छ। यसअघि दिनारको भाउ  ३७७ रुपैयाँ ९९ पैसा रहेको थियो। बहराईन दिनार एकको खरिददर ३०२ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३०४ रुपैयाँ ५२ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *