निखिल उप्रेतीले आफ्नै पत्नि संचितालाई नायिका लिएर फेरी अर्को फिल्म बनाउँदै

काठमााडौँ । एक्शन नायक निखिल उप्रेती पछिल्लो समय आफ्नो निर्माण र निर्देशनका फिल्महरु ल्याउनमा ब्यस्त छन् । बाहिरी ब्यानरका चलचित्रहरुमा नदेखिएको लामै समयपछि उनले भैरव नामक एक्सनले भरिएको फिल्म ल्याए । भिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेपछि उनी करिब ५ वर्ष चलचित्र क्षेत्रबाट हराएपछि फिल्म अभिनय, निर्माण र निर्देशनमा फर्किएका निखिल अहिले फेरी ब्इस्त बन्न् थालेका हुन् । रुद्र, पिंजडा ब्याक अगेन, भिलेनलगायतका चलचित्रहरुपछि निखिलले अहिले चलचित्र ‘आयो भैरव’का लागि निखिल आफैले कथा लेखिरहेको बताइएको छ । चलचित्रको निर्माण तथा निर्देशन पनि निखिल स्वयंको रहने बताइएको छ ।

तर उनलाई निर्देशनमा सहयोग गर्नका निम्ति दक्षिण भारतीय चलचित्र क्षेत्रबाट एकजना निर्देशक झिकाउन लागेको बताइएको छ । चलचित्रको कथा लेखनको काम अन्तिम चरणमा पुगेको र यो काम सकिएपछि चलचित्रमा रहने कलाकारहरु तय गरिने बताइएको छ । जसमा मुख्य भूमिकामा भने निखिल आँफैले अभिनय गर्ने र मुख्इ नायिकाका रुपमा सन्चिता लुइँटेल नै हुनसक्ने बताएका छन् । चलचित्र‘आयो भैरव’मा राजधानीमा हुने आपराधिक घटना देखाउन लागिएकाले कथाले माग्ने पात्रलाई आँफुले चयन गर्ने निखिलको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *