दाँतको दुखाई बाट बच्ने घरेलु उपाय

नियमित ब्रस नगर्दा दाँतको बीचमा आफूले खाएका अन्नका कणहरु बस्दछन्, जब यी कणहरु सड्न थाल्छन्, तब दाँतमा किरा लाग्न थाल्छ । किरा लागेपछि दुखाई त महशुस हुन्छ नै दाँतको जरा पनि कमजोर बन्दै जान्छ । अन्ततोगत्वा हामी हाम्रो दाँत नै गुमाउने अवस्थामा पुग्छौँ ।

दाँतको दुखाई एकदमै पीडादायक हुन्छ । यदि तपाईंको दाँतमा पनि किरा लागेको छ वा अत्याधिक दुखाई महशुस हुन्छ भने यी घरेलु उपायहरु अपनाएर त्यसबाट छुटकारा पाउन सक्नुहुन्छ । यी उपायहरु निम्नलिखित छन् ः

१। पिसेको धुलो बेसार र नुनलाई तोरीको तेलमा मिलाउनुस् । मञ्जनजस्तै हिलो बनेको यो मिश्रणले दैनिक दुई९तीन पटक दाँतको मालिस गर्दा वा यसले ब्रस गर्दा दाँतको किरा मर्दछ ।

२। किराले खाएर खोक्रो बनेको भागमा रुवो ९कपास०लाई ल्वाङको तेलमा भिजाएर राख्नुस् । यसो गर्दा दाँतमा लागेको किरा मर्दछ ।

३। तातो पानीमा फिटकिरी घोलेर बिहान९बेलुकै मुख कुल्ला गर्दा दाँतको किरा मर्नुका साथै गन्ध पनि हराएर जान्छ ।

४। किरा लागेको दाँतमा बरको चोप लागउँदा किरा मर्नुका साथै दुखाई पनि कम हुन्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो रु हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *