अचानक ‘ब्लडप्रेशर लो’ भएमा प्रयोग गरौ घरेलु औषधीहरु

उच्च रक्तचाप र न्यून रक्तचापका बिरामीको संख्या पछिल्लो समय बढ्दो छ । ‘लडप्रेशर लो’ र हाई अहिलेको मुख्य समस्या बन्दै गएको छ । यसबाट थुप्रै मानिसहरु पीडित छन् ।

कहिलेकाहीं अचानक ब्लडप्रेशर ‘लो’ को लक्षण देखिन्छ त्यस्तो अवस्थामा तपाईंले केही यस्ता घरेलु तरिका अपनाउँदा राहत पाउनु हुनेछ । के–के गर्ने त घरेलु उपाय रु आज हामी तपाईंलाई जानकारी दिनेछौं ।

१।कागतीपानी–ब्लडप्रशेर हाईका लागि र लोका लागि कागतीपानी उत्तिकै लाभदायी हुन्छ । कागतीपानीमा हल्का नुन हालेर पिउनाले शरीरमा शक्ति पैदा गर्छ र ब्लड प्रेशरको मात्रा सन्तुलित बनाउन मद्धत गर्छ । यति मात्र नभएर कागतीपानीले मृगौला सफा गर्न पनि मद्धत गर्छ ।

२। नुनपानी– तत्काल कागती नभएमा हामीले नुनपानीको मद्धतमा पनि ब्लडप्रेशर लो सन्तुलित बनाउन सक्छौं । रक्तचाप न्यून भएमा तुरुन्त नुनपानीको सेवन गर्नाले लाभ मिल्छ । नुनमा सोडियम हुन्छ यसले ब्लडप्रेशर बढाउन मद्धत गर्छ । एक गिलास पानीमा एक चम्चा नुन राखेर पिउने गर्नुपर्छ । सो भन्दा बढी सेवन गर्नु भने नराम्रो मानिन्छ ।

३। किशमिश– ‘लो ब्लडप्रेशर’का बिरामीले किशमिश खानु लाभदायी हुन्छ । ३० देखि ४० वटा किशमिशका दाना रातभरि पानीमा भिजाएर खाली पेटमा खाँदा फाइदाजनक हुन्छ । साथै त्यसको पानी पिउनु पनि लाभदायी हुन्छ ।

४। तुलसी– तुलसीको सेवनले लो ब्लड प्रेशर सामान्य बनाउन मद्दत गर्छ । तुलसीमा भिटामिन सी, पोटासियम, म्याग्नेसियम हुन्छ । यसको सेवनले मस्तिष्क सन्तुलित बनाउँछ । र तनावबाट मुक्ति मिल्छ । १०र १५ वटा तुलसीको पातको जुस बनाएर एक चम्चा मह मिलाएर खाली पेटमा सेवन गर्नाले लाभ मिल्छ ।

यसका साथै यसका अलावा एक गिलास दुधमा ४–५ वटा बदाम र १०–१५ वटा किशमिशका मिलाएर पनि खान सक्नुहुनेछ । यसो गर्नाले ब्लड प्रेशर लो भएका ब्यक्तिहरुका लागि निकै फाइदा हुन्छ ।

यद्यपि, तपाईंले डाक्टरलाई भने अवश्य देखानुपर्छ । किनकी, कुनै अरु समस्या पनि आइपर्न सकेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *