मनोरञ्जन

भ्यालेन्टाइन डे लाई  यसरी स्मरणीय बनाउनुहोस्

भ्यालेन्टाइन डे लाई यसरी स्मरणीय बनाउनुहोस्

प्रेमको सफलतामा खुसी प्रकट गर्दै भविष्यमा अझै गाढा प्रेम बसोस् भनी कामना गर्ने दिन पनि हो । भ्यालेन्टाइन डे विशेष बनाउन ठूलै योजना बनाएर घुम्ने र धेरै पैसा खर्च गर्नुपर्छ भन्ने छैन । आजको दिनलाई यसरी सामान्य ढंगले मनाएर पनि स्मरणीय बनाउन सकिन्छ ।एक–अर्कासँग प्रशस्त समय बिताउने(प्रणय दिवसजस्तो विशेष दिनमा एक–अर्कासँग समय बिताउनु नै सबैभन्दा ठूलो उपहार हो । यसका लागि, घरमै वा बाहिर दुवैजनालाई मनपर्ने ठाउँ रोज्न सकिन्छ । दिनको सुरुवात र अन्त्य विशेष बनाउने(अन्य दिनभन्दा आजको दिन विशेष बनाउन बिहानको सुरुवाती र रातको अन्त्यमा सम्बन्ध अझ प्रगाढ बनाउने कोसिस गर्नुहोस् । एक–अर्कालाई मनपर्ने क्रियाकलाप गर्नुहोस् । त्यस्तै, मनपर्ने खाना खाएर र उपहार साटासाट गरेर विशेष बनाउन सकिन्छ । वातावरण रोमान्टिक बनाउने वातावरण रोमान्टिक बनाउन फूल, चकलेट आदि प्रयोग गर्न सकिन्छ । एक–अर्कासँग टाढा भएका ज
नेपालका चर्चित गीत समेत गाएका बलिउडका चर्चित गायक सोनु निगम अस्पताल भर्ना

नेपालका चर्चित गीत समेत गाएका बलिउडका चर्चित गायक सोनु निगम अस्पताल भर्ना

एजेन्सी- बलिउड गायक सोनु निगम अस्पताल भर्ना भएका छन् ।समुद्री खानाका कारण एलर्जी भएपछि उनी अस्पताल भर्ना भएका हुन् । नेपालका चर्चित गीत समेत गाएका सोनु उपचारका लागि उनी नानाभाती अस्पताल मुम्बईमा भर्ना भएका हुन् । उनको तस्बिर ट्वीटरमा राखिएको छ ।एउटा कन्सर्टमा प्रस्तुती दिएपछि उनले समुद्री खाना खाएका थिए । उनले एलर्जी हुन्छ भने समुद्री खाना नखान पनि भनेका छन् ।
यौन पेसामा मार्केटिङको नयाँ शैली– ए हजुर कता, जाडोको मसाज यता !

यौन पेसामा मार्केटिङको नयाँ शैली– ए हजुर कता, जाडोको मसाज यता !

काठमाडौं, २३ माघ । ‘ए हजुर कता, जाडोको मसाज यता…’ रत्नपार्कको आकाशे पुलमाथि माक्र्स लगाएका केही थान महिला आजभोली यसरी भेटिन्छन्। हरेक सामान ९९ रूपियाँ भनेजस्तै वेश्यावृत्तिको मार्केटिङ पनि फरक शैलीमा सुरु भएको छ । व्यस्त समयमा गन्तव्यतिर हिँडेका युवालाई आकर्षित गर्नका लागि मार्केटिङको यस्तो शैलीले व्यापकता पाउन थालेको हो । विभिन्न समूहमा सडकमा समेत उभिएका महिला ग्राहक आकर्षित बनाउनका लागि यस्तो शैलीमा बोलिरहेका भेटिन्छन् । ‘मसाज गर्नचाहिँ कति लिन्छौ ?’, ग्राहकको प्रश्नको खुलेर उत्तर दिँदै ति महिला भन्छिन्,‘सबै खर्च कटाएर एक हजार रूपैंया नगद !’ महानगरीय प्रहरी कार्यालयको नजिकै यसरी मार्केटिङ भइरहे पनि प्रहरीले चासो दिने गरेको छैन । आकाशे पुलमाथि, खुलामञ्च वरिपरिको फूटपाथ, टुँडिखेल मैदानका छेउछाउमा यस्तो शैलीको मार्केटिङ फस्टाएको हो । रेडलाइट एरिया नभए पनि साँझपख काठमाडौंमा यौनकर
आमिर र आलियासँग पनि रिसाइन् कंगना !

आमिर र आलियासँग पनि रिसाइन् कंगना !

काठमाण्डाै – कंगना रानावत यस्ती अभिनेत्री हुन जो आफ्नो मनमा लागेको कुरा बिना कुनै संकोच मिडियासामु राख्ने गर्छिन । कहिलेकाहीँ कंगनाको यही बानीका कारण उनी विवादमा पर्ने गर्छिन् । अहिले फिल्म ‘मणिकर्णिका’ का सह–निर्देशक क्रिश र कंगनाबीच चर्काचर्की चलिरहेको छ । क्रिशले कंगनाले फिल्म ‘मनिकर्णिका’ मा आफूले गरेको कामको क्रेडिट नदिएको र आफ्नो हातबाट बीचमै फिल्म खोसेको आरोप लगाए ।त्यसपछि फिल्मका अन्य कलाकारले समेत फिल्मबाट आफ्नो भूमिका काटेर छोट्याएको आरोप लगाउँदै क्रिशको समर्थन गरे । कंगना पनि चुप लागिनन् । उनले पनि जवाफमा आफूले गलत नगरेको र यदि क्षमता र सीप छ भने निर्देशक क्रिशले तिनै कलाकारहरुका साथ ‘मणिकर्णिका’ भन्दा उत्कृष्ट फिल्म बनाएर देखाउन चुनौती दिइन् । फिल्म ‘मणिकर्णिका’ रिलिज भएसँगै कंगना उनका हरेक अन्तरवार्तामा विवादित बयानहरु दिइरहेकी छिन् । हालै उनले अभिनेता आमिर खान र आलिय
निखिल उप्रेतीले आफ्नै पत्नि संचितालाई नायिका लिएर फेरी अर्को फिल्म बनाउँदै

निखिल उप्रेतीले आफ्नै पत्नि संचितालाई नायिका लिएर फेरी अर्को फिल्म बनाउँदै

काठमााडौँ । एक्शन नायक निखिल उप्रेती पछिल्लो समय आफ्नो निर्माण र निर्देशनका फिल्महरु ल्याउनमा ब्यस्त छन् । बाहिरी ब्यानरका चलचित्रहरुमा नदेखिएको लामै समयपछि उनले भैरव नामक एक्सनले भरिएको फिल्म ल्याए । भिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेपछि उनी करिब ५ वर्ष चलचित्र क्षेत्रबाट हराएपछि फिल्म अभिनय, निर्माण र निर्देशनमा फर्किएका निखिल अहिले फेरी ब्इस्त बन्न् थालेका हुन् । रुद्र, पिंजडा ब्याक अगेन, भिलेनलगायतका चलचित्रहरुपछि निखिलले अहिले चलचित्र ‘आयो भैरव’का लागि निखिल आफैले कथा लेखिरहेको बताइएको छ । चलचित्रको निर्माण तथा निर्देशन पनि निखिल स्वयंको रहने बताइएको छ । तर उनलाई निर्देशनमा सहयोग गर्नका निम्ति दक्षिण भारतीय चलचित्र क्षेत्रबाट एकजना निर्देशक झिकाउन लागेको बताइएको छ । चलचित्रको कथा लेखनको काम अन्तिम चरणमा पुगेको र यो काम सकिएपछि चलचित्रमा रहने कलाकारहरु तय गरिने बताइएको
फिल्म ‘रणवीर’ को गीत ‘ढुकुरान्चडी’ (भिडियो)

फिल्म ‘रणवीर’ को गीत ‘ढुकुरान्चडी’ (भिडियो)

काठमाडौ । नेपाली फिल्म ‘रणवीर’ कोे गीत सार्वजनिक गरिएको छ । प्रदर्शनरत फिल्म ‘रणवीर’ को गीत ‘ढुकुरान्चडी’ मंगलाबार सार्वजनिक भएको हो । धनगढीको प्रख्यात देउडा यो गीतमा सुन्न सकिन्छ । प्रताप दास, चक्र बम र सतिसको स्वर रहेको यो गीतलाई अमित श्रेष्ठले कम्पोज गरेका छन् । धनगढीको रमणीय दृश्यमा छायांकन गरेको गीतमा अमित र हर्क साउदको लिरिक्स रहेको छ । फिल्ममा सुशिल रणवीर र सुपुष्पा माया को भूमिकामा देख्न सकिन्छ । https://youtu.be/BSGg1DQBP00
अध्ययन भन्छ– सँगै पिउने जोडीको सम्बन्ध ज्यादा राम्रो !

अध्ययन भन्छ– सँगै पिउने जोडीको सम्बन्ध ज्यादा राम्रो !

अंग्रेजीमा एउटा भनाइ छ, ‘अ फ्यामिली हु इट्स टुगेदर स्टेज टुगेदर’ अर्थात् ‘सँगै बसेर खाने परिवार, सधैँ सँगै हुन्छ ।’हामीले यो भनाइ सानैदेखि सुन्दै आएका छौँ, र केही हदसम्म पालना पनि गर्दै आएका छौँ । तर के तपाईंलाई थाहा छ, सँगै बसेर पिउने जोडीको सधैँ सँगै हुने सम्भावाना धेरै हुन्छ भनेर ? जर्नल्स अफ जेरोन्टोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार सँगै बसेर पिउने बानी भएका जोडीमा ‘कम्प्याटिबिलिटी’ अर्थात् सम्बन्धमा अनुकूलता र योग्यता बढ्दै जान्छ।‘अल्कोहलिक्सः क्लिनिकल एन्ड एक्सपेरिमेन्टल रिसर्च’ नाम दिइएको यो अध्ययनले पिउने बानीमा समानता हुने जोडी अलग–अलग पिउने बानी हुने जोडीको तुलनामा ज्यादा खुसी हुने देखाएको छ । साथै, एउटा पिउने र अर्को नपिउने पार्टनरभन्दा समान पिउने बानी भएका पार्टनरको जोडीमा खुसी धेरै हने अध्ययनको निष्कर्ष छ । अध्ययनमा यो पनि पाइयो कि, समान पिउने बानी भएका जोडी आफ्ना ब
चर्चित सर्जक गायक कृष्ण गन्धर्वको पुरानो गीत “रेलको ढोका बनले” नयाँ शैलीमा न्याय पाउदै

चर्चित सर्जक गायक कृष्ण गन्धर्वको पुरानो गीत “रेलको ढोका बनले” नयाँ शैलीमा न्याय पाउदै

कृष्ण गन्धर्व एक चर्चित सर्जक गायक तथा सारङ्गी बाधक हुनुहुन्छ रेडियो नेपाल मा गीत गाएर उहाँ ले आफ्नो छुट्टै पहिचान बनाउन सफल एक प्रतिभाशाली कलाकार मा पर्नु हुन्छ ।उहाँले सिर्जना गरेका गीत अजै पनि दर्शक श्रोताको मनमा उतिनै बसेका छन । “रेलको ढोका बन” नामक यो गीतले निकै चर्चा कमाएको थियो उहाकै लय शब्द तथा स्वरमा रहेको सो गितको । कभर भिडियो बनाएका छन पछिल्लो समयका चरचित गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइली ले । संघर्षको अर्को पाटो सफलता भनिन्छ। लोकसंगीत क्षेत्रमा लगभग डेढ दसक उच्च उर्जाशिल समय खर्चिएर सोही क्षेत्रमा सक्रियता प्रदर्शन गर्दै आफ्नो प्रतिभाको अडानलाई पारदर्शी बाटो दिदै निरन्तर अगाडि बढेका हेमन्तका अनगिन्ती गाथाहरु छन्। परिवर्तित समयलाई पछ्याउँदै दिनरात मेहनत गर्दै संगीतमै भविस्य तय गरि अनुशासित कलाकारको पोसाक लागाउदै आफ्नो पहिचान बनाउदै आएका उनले दर्जनौं गितहरु सृजना गर
४ लाख भन्दा बढीले हेरे प्रताप र भावनाले गाएको गीत बग्ने खोला, पल र निशाको नृत्यको चौतर्फी चर्चा (हेर्नुहोस् भिडियो)

४ लाख भन्दा बढीले हेरे प्रताप र भावनाले गाएको गीत बग्ने खोला, पल र निशाको नृत्यको चौतर्फी चर्चा (हेर्नुहोस् भिडियो)

काठमाडौं । नेपाल आइडल सिजन – १ बाट चर्चामा आएका गायक प्रताप दास र गायिका भावना आचार्यको स्वरमा तयार भएको गीत ‘मुलको पानीको भिडियो सार्वजनिक भएको छ। दीपक शर्माको शब्द संगीत रहेको गीतमा अभिनेता पल शाहले अभिनय गरेका छन्। भिडियोमा पललाई निशा पुरीले साथ दिएकी छन्। देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी पनि स्वयम् पाण्डेले गरेका छन् https://youtu.be/GW2SDY2Y8P0  
काठमाडौंमा हलिउड फिल्म ‘एलिटा : ब्याटल एन्जल’ले पेड प्रिभ्यू गर्ने

काठमाडौंमा हलिउड फिल्म ‘एलिटा : ब्याटल एन्जल’ले पेड प्रिभ्यू गर्ने

इन्द्रेणी न्युज, काठमाडौं। जेम्स क्यामरुनका नेपाली फ्यानलाई खुशिको खबर ! ‘टाइटानिक’ र ‘अवतार’पछि क्यामरुन पर्खाइमा बसेका प्रशंसकको धैर्य पुरा हुँदैछ । अमेरिकाभन्दा साता पहिल्यै दर्शकले क्यामरुन निर्मित साइवरपंक एक्सन फिल्म ‘एलिटा : ब्याटल एन्जल’ हेर्न पाउनेछन् । आगामी फेव्रुअरी १४ (भ्यालेन्टाइन डे)मा फिल्म रिलिज हुँदैछ । दर्शकको अधैर्यतालाई ध्यानमा राखेर फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट र ट्वेन्टिथ सेन्चुरी फक्सले फेव्रुअरी १० मा ‘पेड प्रिभ्यू’ सोज आयोजन गरेका छन् । यो एक एक्सक्लुसिभ प्रिमियर हुनेछ जसमा दर्शकले ५ सय रुपैया खर्चेर फिल्म हेर्न पाउनेछन् । ‘पेड स्निक प्रिभ्यू’ नाम दिइएको सोज टिकट क्यूएफएक्सको लबिम र छायाँ हलमा उपलब्ध छ । एप्पल इन्टरटेनमेन्टका रुबेन श्रेष्ठका अनुसार सामाजिक संजालमा लोकप्रिय सेलेव्रिटी, उद्यमी, मिडियकर्मी र फ्यानलाई फिल्म देखाइनेछ । क्यामरुन