राजनीति

प्रधानमन्त्री ओलीको एक वर्षको कार्यकाल र सम्बोधनबारेमा आफ्नो भनाई राख्दै

प्रधानमन्त्री ओलीको एक वर्षको कार्यकाल र सम्बोधनबारेमा आफ्नो भनाई राख्दै

आज ३ फागुन गठनको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रूपमा व्याख्या गरिरहँदा प्रमुख प्रतिपक्षी कांग्रेसले कमजोरी ढाकछोप गर्न र सपना बाँड्नमै केन्द्रित रहेको भन्दै सरकारको आलोचना गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । केपी ओली नेतृत्वको सरकार गठन भएको पहिलो वर्ष सकारात्मक नरहेको कांग्रेसले ठहर गरेको हो। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठुल्ठूला सपना बाँडे पनि व्यवहारमा सरकारले परिणाममुखी काम गर्न नसकेको दाबी गरे। ‘भाषण गर्न त उहाँहरू खप्पिस नै हुनुहुन्छ तर वर्ष दिनसम्म खै परिणाम रु’, उनले भने, ‘समाजवाद उन्मुख भन्नुहुन्छ तर कस्तो समाजवाद हो कुनै खाका छैन। समाजवाद भनेको त निमुखालाई न्याय, विपन्नलाई आय हो। यसतर्फ कुनै काम भएको छैन।’ प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलतामा जोड दिए पनि कांग्रेसले भने सरकार सुशासन कायम गर्न असफल बनेको दाबी गरेको छ। ‘सुशासनमा त
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । काङ्ग्र्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो । महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो । त्यस्तै काङ्ग्र्रेसको भ्रातृ संस्था नेविसङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यह
सरकारबाटै संघीयताविरोधी काम भइरहेको छः शर्मा

सरकारबाटै संघीयताविरोधी काम भइरहेको छः शर्मा

काठमाडौं– नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले राजनीतिक र कर्मचारी नेतृत्वको मिलेमतोमा संघीयताविरोधी काम भइरहेको बताएका छन् । राजधानीमा आइतबार  नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्रीसमेत रहेका  शर्माले कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमार्फत् सरकारले संविधानविरोधी काम गरिरहेको आरोप समेत लगाए । उनले भने, ‘प्रदेश सरकारले कुनै गतिविधि गर्न नपाउनेगरी कानुन बनाउनु पर्ने ? प्रदेश सरकारभन्दा माथि सिडिओलाई राखिदिनु पर्ने ? यो जे भइरहेको छ। राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वको मिलेमतोमा भइरहेको छ। संघीयताविरोधीको मिलेमतोमा भइरहेको यो कुरा मानिदैँन।’ उनले एकताअघिसम्म भूमिका भए पनि एकतापछि पार्टीमा आफ्नो पनि पहुँच पुग्न नसकेको भन्दै अहिले संघीयताबारे धेरैनै गल्ती हुन खोजेकाले बोल्न बाध्य भएको बताए । शर्माले
हिन्दू राष्ट्र पुनःस्थापना गराउन राप्रपाले माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम गर्ने

हिन्दू राष्ट्र पुनःस्थापना गराउन राप्रपाले माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम गर्ने

काठमाडौँ,- राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । सम्पूर्ण नेपालीको घरमा पार्टीको एजेण्डा पु¥याउने उद्देश्यले घरदैलो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कमल थापाले बताउनुभयो । मुलुकमा व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, अपहरण, महङ्गी अन्त्यका लागि घरदैलो कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । “जनतालाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने प्रचलन बढ्दै गएको छ, त्यसैले घरदैलो कार्यक्रम आवश्यक छ,” अध्यक्ष थापाले भन्नुभयो । उहाँले धर्म निरपेक्षको फोहरलाई सफा गरेर राजनीतिक तवरबाट नै हिन्दू राष्ट्र पुनःस्थापना गराउनुपर्ने भएकाले पार्टीले हिन्दू राष्ट्रलाई मुख्य एजेण्डा बनाएको स्पष्ट पार्नुभयो ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० बस्ने

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० बस्ने

काठमाडौँ – नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० बस्ने भएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी आगामी माघ १० गते बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको जानकारी दिनुभयो ।बैठकमा मुलुकको वर्तमान अवस्था र आगामी दिनमा काङ्ग्रेसले लिने नीति तथा समसामयिक विषयमा छलफल हुने विज्ञप्तीमा उल्लेख छ । काङ्ग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध समेत गरेको छ ।
बिजुली बस चीनमा हैन भारतमा बनेकाे, पुराना र खिया लागेका पार्टपूर्जा !

बिजुली बस चीनमा हैन भारतमा बनेकाे, पुराना र खिया लागेका पार्टपूर्जा !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि तामझामका साथ उद्घाटन गरेका बिजुली बस खरिदमा बदमासी भएको पाइएको छ । सार्वजनिक टेन्डर आह्वान गरी लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले पहिलाे चरणमा ५ वटा बिजुलीबाट चल्ने बस ल्याएकाे थियाे । तर चीनमा बनेका गुणस्तरीय बस ल्याउने सम्झौताविपरीत आपूर्तिकर्ताले भारतमा बनेका पुराना बस ल्याएको थाहा पाएपछि सरकारले पुनः चीनबाट खरिद गर्न निर्देशन दिएको छ ।पर्यटन मन्त्रालयले मेकानिकल उपसचिव दीपक देवकोटाको संयोजकत्वमा बिजुली बसबारे अध्ययन गर्न प्राविधिक समिति गठन गरेको थियो । समितिको अध्ययनअनुसार ती बस चीनमा बनेको नभई भारतमा बनेको पाइएको हो मन्त्रालय स्राेतले जानकारी दिएकाे छ ।मन्त्रालय स्रोतका अनुसार, बस खरिदका क्रममा १७ वटा कैफियत अर्थात बदमासी भएको देखिएको छ । अध्ययन समितिले बस गुणस्तरहीन भएको र सार्वजनिक यातायातका लागि चलाउन अयोग्य रह
गृहमन्त्री रामबहादुर थापाले गरे नेपालको इतिहासमै नभएको चमत्कार !!

गृहमन्त्री रामबहादुर थापाले गरे नेपालको इतिहासमै नभएको चमत्कार !!

गृहमन्त्री बादलको लिष्टमा १०६ ठेकेदार, पक्राउ आदेश प्रहरी कार्यालयमा पुग्यो (सुचिसहित)सिधान्युज, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ठेक्का लिएर समयमा नै काम सम्पन नगर्ने निर्माण व्यवासायीहरुको नामावली सार्वजनिक गरेका छन् । काठमाडौंमा ठेकेदार पक्राउ गर्न काटेको पत्र टेकु प्रहरी कार्यालयमा ठेकदार माथि पक्राउ आदेश (सूचीसहित) १. त्रिवेणीकन्स्ट्रक्सन कम्पनी प्रा.लि२. नयाँयुग निर्माण सेवा जोरपाटी ३. केदार निर्माण सेवा४. स्वच्छन्द र छिरिङ्ग जे.भी५. गोरखा एप्रोप्रियट टेक्नोलोजी फर रिकन्ट्रक्सन प्रा.लि.६. महादेव खिम्ति मिचिको जे.भ७. रानिवन कन्स्ट्रक्सन८. वाइस धारा निर्माण सेवा९. जागृत निर्माण सेवा १०. जागृत निर्माण सेवा११. एडभानस्स क्वालीटी कन्स्ट्रक्सन कम्पनी प्रा.लि.१२. इभांशु–इसा विल्डर्स१३. वि कन कम्पनी प्रा.लि.१४. श्रृषुस्व सत्यम कन्स्ट्रक्सन१५. ओम महासरस्वती र हेमन्त जे.भी.१६. गौरी गणेश नि
कांग्रेसको १४औँ महाधिवेशन प्रक्रिया सुरु गर्न सिटौला पक्षको माग

कांग्रेसको १४औँ महाधिवेशन प्रक्रिया सुरु गर्न सिटौला पक्षको माग

कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्न माग गरेको छ । सिटौला समूहले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी जेठबाट महाधिवेशन प्रक्रिया सुरु गर्न माग गरेको हो । यदि १४औँ महाधिवेशनको प्रक्रिया सुरु नगर्ने हो भने विधानमा भएको व्यवस्था अनुरुप तदर्थ समिति बनाएर अघि बढ्नु पर्ने सिटौला पक्षको माग छ । यदि प्रक्रिया सुरु नगर्ने हो भने चैतमा विधानमा भएको संक्रमणकालिन अवस्था अनुरुप १४ औँ महाधिवेशनसम्मका लागि कार्यविधी बनाएर अघि बढ्नुपर्ने नेता सिटौलाले बताए । त्यस्तै नेता सिटौलाले बुधबार नेकपा अध्यक्ष प्रचण्डले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।प्रचण्डले संसदमा लाकतान्त्रिक प्रणाली छिटो-छिटो विकास हुने प्रणाली होइन । यदि कम्युनिस्ट व्यवस्था हुन्थ्यो भने ड्याम-ड्याम निर्णय गर्न सकिने बताएका थिए । सो अभिव्यक्ति संविधान र लोकतन्त्रको वि
पार्टीभित्र मोर्चाबन्दी गर्न पाइन्छः देउवा

पार्टीभित्र मोर्चाबन्दी गर्न पाइन्छः देउवा

यस खबर : विराटनगर, ३ मङ्सिर  नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले काङ्ग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सञ्चालन नभएको प्रष्ट पार्नुभयो । पार्टीभित्र आन्तरिक द्वन्द्व भए पनि यो अराजक नभएको बताउँदै उहाँले पार्टीको महाधिवेशन तोकिएको समयमा हुनेछ भन्नु्भयो । एक प्रश्नको जवाफमा सभापति देउवाले नेपाल विद्यार्थी सङ्घले आफ्नो कार्य राम्ररी गरेमा महाधिवेशन हुने विचार व्यक्त गर्नुभयो । श्रोत रासस  
नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस

नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस

यस खबर : काठमाडौँ, २ मङ्सिर  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विवाद समाधान गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकले नेविसङ्घको विधान पारित गरी विवाद समाधान गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । नेविसङ्घको वर्तमान केन्द्रीय समितिको कार्यकाल आज मङ्सिर २ गते समाप्त हुँदैछ । विस २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महीनाको अवधिमा समेत महाधिवेशन हुन नसकेपछि अन्योल देखिएको हो । काङ्ग्रेस बैठकले सहमतिमा नेविसङ्घको विधान पारित गर्ने र महाधिवेशनका लागि नेविसङ्घको वर्तमान कार्यसमितिको अवधि दुई महीना थप गर्न सक्ने प्रवक्ता शर्माले बताउनुभयो ।नेविसङ्घको हालको विधानमा दुईवर्षे कार्यकाल र विशेष परिस्थितिमा तीन महीना थप गर्न स