समाचार

भ्रष्टाचार बढेपछि आयो यस्तो चलन

भ्रष्टाचार बढेपछि आयो यस्तो चलन

केन्या सरकारले प्रहरीको वर्दीमा गोजी नराख्ने योजना अगाडि सारेको छ।प्रहरीबाटै भ्रष्टाचार बढेपछि सरकारले नयाँ प्रहरीका वर्दीमा गोजी नराख्ने योजना ल्याएको हो।केन्याका राष्ट्रपति उहुरु केन्याटाको भ्रष्टाचार विरोधी अभियान स्वरुप प्रहरीको पोशाकमा गोजी नराख्ने योजना ल्याइएको जनाइएको छ। सरकारी अधिकारीहरुका अनुसार केन्याका प्रहरीमाथि बाटोमै घुस खाएका उजुरी दैनिक आउने गरेका छन्।वर्दीमा गोजी नभएपछि उनीहरुलाई घुस माग्न गाह्रो हुने विश्वास गरिएको छ। प्रहरीहरुले भने यस योजनालाई सफल हुन नदिने बताएका छन्। उनीहरुले केही प्रहरीको गल्तीको सजाय सारा प्रहरीलाई दिन नहुने बताएका छन्। वर्दीको गोजीले प्रहरीको सुन्दरतालाई समेत बढाउने उनीहरको तर्क रहेको छ।
आलुमुनि १८ किलो सुन, भेटियो, मूल्य लगभग ९ करोड

आलुमुनि १८ किलो सुन, भेटियो, मूल्य लगभग ९ करोड

महेन्द्रनगर कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ ।विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीकोे टोलीले उक्त परिमाणको सुन बरामद गरेको हो ।बिहीबार बिहान खानतलासी गर्दा पुनर्वास–२ दशरथबस्ती स्थित गंगालाल तिरुवाको घरवाट सुनका १०८ वटा सिक्का फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले बताउनुभयो । सुन सँगै दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गंगालालको घरमा खानतलासि गर्दा उक्त सुन भेट्टिएको हो । सुन तस्करीमा संग्लन रहेको भन्दै प्रहरी र सीआईबीको टोलीले प्रहरी जवान सुरज तिरुवा र उनका भाई लक्ष्मण तिरुवा पक्राउ गरेको छ ।सुरज तिरुवा र लक्ष्मण तिरुवाले आफुलाई थाहा नै नदिई घरमा समान राखेको र उक्त समान के हो भन्ने आफुलाई थाहा नभएको गंगालालको तर्क छ ।स
फेरि मौसम गडबढ  सम्बन्धी नयाँ सुचना

फेरि मौसम गडबढ सम्बन्धी नयाँ सुचना

भू–मध्य सागरको वायुको प्रभावले फेरी देशैभरीको मौसम प्रभावित भएको छ । सोही प्रभावले गत साताझै मध्यमदेखि हल्का वर्षा र हिमपात फेरी दोहोरिएको छ । उच्च पहाडी र हिमाली भेगमा यो क्रम अझै केही दिन जारी रहने भएको छ । भू–मध्य सागरको उच्चवायु मण्डलमा विकास भएको प्रणालीको असरले देशैभरीको मौसमलाई प्रभावित बनाएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । निरन्तर ठूलो वर्षाको संभावना नरहेपनि छिटफुट र मध्यम वर्षा दोहोरिने बताउँदै उहाँले भन्नुभयो–‘अब २(३ दिन मौसम प्रष्ट खुल्ने छैन, घमाइला दिन खासै हुने छैनन्, मौसम गडवढ भइरहन्छ ।
भान्जाले गरे आफ्नै  माइजुलाई  यस्तो व्यवहार

भान्जाले गरे आफ्नै माइजुलाई यस्तो व्यवहार

सिन्धुली घर भएकी कल्पना बस्नेत खड्कालाई आफ्नै भन्जाद्वारा यौनदुर्ब्यबहार तथा हत्या गर्ने प्रयास गरेका घट्ना सार्वजनिक भएको छ। उनका भान्जा अनिस थापाले पटकपटक उनलाई यौन प्रस्ताब गरिरहेका थिए। विगत दुई वर्ष देखि नै बलात्कार गरेर मार्दिन्छु भन्दै धम्कि दिईरहे पनि आफुले वास्ता नगरेको उनी बताउछिन्। कतैबाट पनि न्याय नपाएको कारण न्यायको खोजी गर्दै उनी र उनका श्रीमान काठमाडौँ आएका हुन। २३ गतेको दिन सिन्धुली कमलामाई नगरपालिका लक्षुमण चोकस्थित सडकमै भान्जाले उनीमाथि हमला गरेको उनको आरोप छ। उनी भन्छिन, ‘तैले अश्लिल फोटो किन पठाईनस। यौन प्रस्ताब सहर्ष किन अस्विकार गरिस भन्दै उनले टेनिसको ब्याटले ठाउँकोमा प्रहार गरे।
नङ टोक्ने मानिसलाई “पारोनाइसिया” नामक रोगको सम्भावना

नङ टोक्ने मानिसलाई “पारोनाइसिया” नामक रोगको सम्भावना

मानिसको प्राय सबैको एउटा एउटा अधत हुन्छ । कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । बालबालिकामा यस्तो बानी देखिनु सामान्य हो । तर, युवायुवती या पाका उमेरका मानिस नै नङ टोकीरहेका हुन्छन् ।नङ टोक्ने बानी खराब हो । त्यसैले अभिभावकहरुले बालबालिकालाई नङ टोक्नु हुँदैन भनेर सिकाउनुपर्छ । नङ टोक्ने बानीले विभिन्न प्रकारका संक्रमण फैलिने डर हुन्छ ।शरीरका विभिन्न अंगजस्तै नङ पनि फोहर र संक्रमण बोक्ने प्रमुख अंग हो । नङ टोक्दा निम्त्याउँन सक्ने समस्याहरुःरक्तस्राबः नङ टोक्दा नङ नजिकैको छाला बारम्बार उक्किरहन्छ। जसले गर्दा रक्तस्राब हुनुका साथै अत्यन्त दुखाइ पनि हुन्छ ।आन्द्रामा जुकाःनङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने भएकाले यसको पहिलो असर आन्द्रामा पर्छ ।नङमा भएको फोहोरको माध्यमबाट पेटमा जुका पर्न सक्ने सम्भावना रहन्छसासको गन्धःधेरै नङ टोक्ने मानिसको मुखमा ब्याक्टेरिया जम्मा हुने भएका

झापाको दमकमा भेटिए यस्ता वालक

झापाको दमकमा बिक्रम लावती नाम गरेका बालक भेटिए । रहर हैन बाध्यता पर्यो उनलाई सडकमा गाउँन । सानो उमेरबाट घर छोडेर आफ्नो काकाको घरमा बस्तै आएका बिक्रमको पारिवारिक अवस्था अत्यन्तै नाजुक छ । बुबा भारतमा काम गर्न जानुभएको छ तर उहाको कमाईले परिवारको छाक टार्न र सामान्य कपडा लगाऊन धौ धौ पर्छ । उनको १ हात लडेर भाचिएको छ । त्यो हातको उपचार गर्न उनि स्कुल छुट्टि भएपछि सडक सडक गित गाएर हिड्ने गर्छन । करिब ११ बर्ष पुगेका बिक्रम दिनभरी सडकमा हुन्छन र रात परेपछि कहिले काकाको घर कहिले सडकको पेटीमानै रात बिताउछन् । सडकको पेटीमा बसेर गाउँदै मागेको अवस्थामा मैले देखे उनको त्यो जादुमय स्वरले हामीलाई मार्मिक बनायो किनकि बिक्रमले सडकमा बसेर अत्यन्तै मार्मिक गित गाउँदै थिए । सम्पूर्ण नेपाली माझ पुराउन लागि हामीले यो समाचार तयार पारेका हौ ।
उत्तरी रसुवामा नयाँ विद्युत् आयोजना निर्माण हुने

उत्तरी रसुवामा नयाँ विद्युत् आयोजना निर्माण हुने

रसुवा उत्तरी रसुवाको रोङ्गा दोभान नजिक नयाँ जल विद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढेको छ । यसको निर्माणमा २३ अर्ब ८० करोड खर्च लाग्ने अनुमान गरिएको छ । लाङ्टाङखोला भोटेकोशी हाइड्रो कम्पनीले भोटेकोशीबाट १२० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न सो आयोजनाका बारेमा स्थानीय तहअन्र्तगतका निकायसँग समन्वय गरी निर्माण अघि बढाएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिनुभयो । स्थानीय तहसँग यसअघि समन्वय नगरेको गुनासो आएपछि उक्त आयोेजनाले ढिलै भए पनि यहाँका सरोकारवाला निकायलाई जानकारी गराई अघि बढ्दा निर्माणका बेला आउन सक्ने समस्या समाधान गर्न स्थानीय तहबाट सहजीकरण गर्ने वातावरण सिर्जना भएको जिल्ला समन्वय प्रमुख भट्टले बताउनुभयो । गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १ अर्थात् टिमुरेको तातोपानी तल भोटेकोशीमा बाँध बाँधी ५ दशमलव दुई किलोमिटर सुरूङ बनाइनेछ । आमाछोदिङ्मो गा
अख्तियारमा  फोरजी ठेक्का घोटला प्रकरण

अख्तियारमा फोरजी ठेक्का घोटला प्रकरण

नेपाल टेलिकमको फोरजी विस्तारका क्रममा भएको घोटलाको छानबिन गरी दोषी उपर कारवाही गर्न अख्तियार दसरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । फोर जी बिस्ताका क्रममा १२ अर्ब बढी घोटाला भएको भन्दै आइतबार नागरिक अनुसन्धान ब्युरोका प्रमुख एवं नेकपा असन्तुष्ट समूहका संयोजक युवराज सफलले अख्तियारमा उजुरी दर्ता गराएका हुन् । उनको पत्रमा नेपाल टेलिकमले पछिल्लो समय देशव्यापी रुपमा फोरजी सेवा विस्तार गर्न लागेको र यस सिलसिलामा गुणस्तरहिन काम गर्ने चिनियाँ कम्पनी हुवावेलाई लाग्ने मुल्यभन्दा तीनगुणा बढी रकममा ठेक्का दिएर सिधै हिसाब गर्दा १२ अर्ब अनियमितता गरी उच्च तह र मन्त्री, सचिव र टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशकलगायत यो खेलका अन्य विचौलिया र गिरोहहरुले अबौँ रुपैयाँ तर मार्न खोजी देश र नेपाल टेलिकमलाई समेत खोक्रो पार्न खोजेको कारण यस सम्बन्धी सत्थतथ्य बुझी छानबिन गरी दोषीलाई कार्वाही गर्न भनिएको
सावधान, तपाई सामाजिक सञ्जाललाई जथाभाबी प्रयोग गदै हुनुहुन्छ ?

सावधान, तपाई सामाजिक सञ्जाललाई जथाभाबी प्रयोग गदै हुनुहुन्छ ?

सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्रामलगायतलाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरेको छ। सामाजिक सञ्जालमा जथाभाबी लेख्नेलाई १५ लाख जरिवाना, ५ वर्ष जेलको व्यवस्था गरिएको छ । यसअघि सामाजिक सञ्जाल नियमन गर्ने काुनन नहुँदा जथाभाबी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार कारबाही चलाउँदै आएको थियो। सरकारले बुधबार संसद् सचिवालयमा ल्याएको सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न नयाँ विधेयक बनेको छ । विधेयकमा सामाजिक सञ्जालमा जथाभावी लेखेमा कडा कारबाही गर्ने भएको छ । विधेयकमा सामाजिक सञ्जालमा जथाभाबी लेख्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म जेल सजाय हुने कानुन प्रस्ताव गरिएको छ। विद्युतीय कारोबार ऐनलाई खारेज गरी यो कानुन ल्याउन लागिएको हो ।
सुन तस्करीको  काण्डमा थप दुई न्यायाधीश फरी फन्दामा

सुन तस्करीको काण्डमा थप दुई न्यायाधीश फरी फन्दामा

सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश छानबीनमा तानिएका छन् । न्यायपरिषद्ले न्यायाधीशहरु जनक पाण्डे र साधुराम सापकोटालाई सचिवालयमा झिकाएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् । यो प्रकरणमा छानबिनमा तानिनेमा विराटनगरका मुख्य न्यायाधीशसहित ८ जना पुगका छन् । मुद्दाको पेसी व्यवस्थापनमा ‘कैफियत’ भेटिएपछि न्यायपरिषद्ले गत माघ ७ मा मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई काठमाडौँ झिकाएको थियो । न्यायपरिषद्ले छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिएको छ ।